समाज

प्रहरी कार्यालय नजिकै रहेकाे दान पेटीका चोरी

भोजपुर -भोजपुर बजारमा रहेकाे प्रहरी कार्यालय छेउबाटै दान पेटिका चोरी भएको छ। मुख्य बजारमा निर्माण भईरहेको पशुपति मन्दिर निमार्णमा सहयोगका लागि राखिएको दान पेटिका शनिवार राती चोरी भएको प्रहरीले जनाएको छ। 

चोरले जोगेन्द्र ठाकुरले सञ्चालन गरेको शिद्धाकाली हेयर कटिङ्ग सैलुन भित्र राखेको दान पेटिका चावी फोरेर चोरेको प्रहरीको भनाई छ। ताल्चा फाेरेर दान पेटिकामा रहेको करिव १० हजार रुपैया लागेको प्रहरीले जनाएको छ। सीसी टिभी फुजेटको आधारमा चोरको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए।

यता स्थानियले भने प्रहरी कार्यालय छेउबाट नै चोरी  हुँदा समेत प्रहरीले थाहा नपाउनुले जिल्लाको सुरक्षा व्यवस्था फितलो रहेको वताएका छन्। चोरी भएको स्थान जिल्ला प्रहरी कार्यालय भोजपुरको सुरक्षा पोष्टबाट करिव १५ मिटरको दुरीमा रहेको छ। 

 

प्रकाशित: २० श्रावण २०७५ १०:५१ आइतबार

प्रहरी कार्यालय नजिकै रहेकाे पेटीका चोरी