समाज

फरार अभियुक्त पक्राउ

राजविराज - बाह्र वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई राजविराज प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरीएकाे प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको हाे। 

सप्तरी जिल्ला अदालतले दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाएको थियो। पक्राउ परेका उनलाई शुक्ररबारनै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

वि.सं. २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए। रासस

प्रकाशित: १८ श्रावण २०७५ १०:०८ शुक्रबार

फरार अभियुक्त पक्राउ