समाज

आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकास गरिने

काठमाण्डौं - राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती गरेकाे छ।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको हो। 

परिषदले गरेको यो निर्णय स्वागतयोग्य भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुरले बताए। यो निर्णयले समृद्ध नेपाल बनाउने अभियानलाई सहयोग पुग्ने बताउँदै ठाकुरले गरिबी निवारण र रोजगारीमा यसले सहयोग पुग्ने आशा व्यक्त गरे। 

प्रकाशित: १७ श्रावण २०७५ १५:०४ बिहीबार

आयुर्वेद प्राकृतिक चिकित्सा योग विज्ञान बिषयको पाठ्यक्रम विकास गरिने