समाज

रोल्पामा ट्रयाक्टर दुर्घटना, चालक र सहचालकको मृत्यु

रोल्पा – रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ। माडीगाउँपालिका–१ भिताबाङमा ट्रयाक्टर सडकबाट पल्टिएर भिर तल खस्दा दुईजनाको घटनास्थल मै ज्यान गएको हो। स्थानियका अनुसार ट्रयाक्टर सडकबाट करिव पाच सय मिटर तल खसेको छ।

घर्तीगाउँबाट ओत जाँदै गरेको  रा१त १५०७ ट्रयाक्टर बुधबार राति साढे आठ बजे तिर दुर्घटना भएको थियो। दुर्घटनामा चालक २७ वर्षीय आशाराम चौधरी र सहचालक १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक चौधरी दाङ तुल्सिपुर उपमहानगरपािलका–७ का हुन् भने सहचालक गंगादेव गाउपालिका–१ रोल्पाका हुन्।

स्थानियले दुर्घटना बारे प्रहरीलाई खबर गरेपछि उद्दारका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोली घटनास्थल पुगेको थियो। शब राति नै घर्तिगाउँ ल्याइएको रोल्पा प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। चालक र सहचालकको मृत्यु भएकाले दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याइदैछ।

प्रकाशित: १७ श्रावण २०७५ ०४:१५ बिहीबार

रोल्पामा ट्रयाक्टर दुर्घटना चालक सहचालकको मृत्यु