समाज

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

सर्लाही– सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण रायलाई जवरजस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए। 

मंगलबार बेलुका रायले स्थानीय ७ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै घर गोठमा लगी जवरजस्ती करणीको प्रयास गरेको पीडित पक्षबाट जाहेरी आएको प्रहरीले जनाएको छ। पक्राउ परेका रायलाई बुधबार नै जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योग मुद्धामा म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको निरीक्षक देवले जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७५ १५:५७ बुधबार

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ