समाज

निकुञ्जमा राखिएको घाईते बाघ मर्यो

चितवन - घाईते भएपछि उद्धार गरेर चितवन चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको घाईत बाघ मंगलबार मरेको छ । दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण घाईते भएको बाघलाई तीन महिना अघि उद्धार गरेर निकुञ्जको खोरमा राखिएको थियो।

करिब ११ वर्षको बाघलाई पुर्वी चितवनको राप्ती एकता मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरिएको थियो । बाघले सो मध्यवर्ती वरपर केही पशुलाई खाएको थियो । एक जना मानिसलाई समेत आक्रमण गरेर घाईते बनाएको थियो ।  निकुञ्जका पशु चिकित्सकको टोलीले बाघको उपचार गरिरहेका थिए ।  खानेकुरा दिन जाँदा बाघ मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७५ ०२:५६ बुधबार

निकुञ्जमा राखिएको घाईते बाघ मर्यो