समाज

प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण

काठमाडाैं - प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार नेपालको पूर्वि क्षेत्रमा रहेका नेपाली सेनाका गणहरुको भ्रमण गरेका छन्।

क्षत्रीले ईटहरीस्थित श्री पुर्वी पृतना हेड क्वार्टर, झापास्थित नयाँ श्रीनाथ गण, मोरङ जिल्लाको लेटाङ्गस्थित पुर्वी पृतना तालिम शिक्षालय र याङशिलास्थित श्री कालीशक्ति गण (ई) को निरीक्षण भ्रमण गरेका हुन्। 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, गण, गुल्म र शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षकाबारे जानकारी लिँदै सकलदर्जाहरुलाई समेत सम्बोधन गरेका थिए। 

प्रधानसेनापति क्षत्री भोली (मंगलबार) अन्य युनिटहरुको निरीक्षण भ्रमण गर्दै काठमाडौं फिर्ता हुने नेपाली सेनाले जानकारी दिएको छ । 

प्रकाशित: १४ श्रावण २०७५ १०:४३ सोमबार

प्रधानसेनापति क्षत्रीद्वारा पूर्वी क्षेत्रको निरीक्षण भ्रमण