समाज

माछा मार्न जाँदा डुबेर मृत्यु

चितवन- चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणमा परेरसमेत मानिसको ज्यान जाने गरेको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।रासस

 

प्रकाशित: १४ श्रावण २०७५ ०६:१० सोमबार

मार्न जाँदा डुबेर मृत्यु