समाज

मृगौला तस्करीमा संलग्न पाँच जना पक्राउ

चितवन- मृगौला तस्करी गर्ने पाँच जनाको गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षिय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षिय बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ का २८ वर्षिय प्रकाश तामाङ, मोरङको साविकको बयरबन गाविस वडा नम्बर ६ का ३४ वर्षिय दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ३ का २८ वर्षिय विशाल नेपाली छन्।

प्रहरीले उनीहरुलाई चितवन, काठमाडौं र रसुवाबाट पक्राउ गरेको हो। जिल्लामा हुने स्वास्थ्य सम्बन्धी अपराध कम गर्नको लागि चितवन प्रहरीले मेडिकल रेस्पोन्स टीम (एमआरटी) गठन गरेर परिचालन गरेको छ। असार २५ गतेबाट ७ जनाको टोली बनाई टीम खटाईएको प्रहरी प्रवक्ता ढकाल बताउँछन्। 

दुर्गम क्षेत्रका अशिक्षित र गरिब मानिसलाई फसाएर प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गर्दै आएको पाईएको उनले जानकारी दिए। पक्राउ परेका दुर्गा परियार बाहेक अरुले तस्करको सम्पर्कबाट भारतको मिर्गौला बेचेको उनले बताए। मिर्गौल बेच्ने मानिस खोजिदिए वापत एक लाख सम्म कमिसन लिने गरेको प्रहरीले अनुसन्धानमा खुलेको छ। पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी प्रभुप्रसाद ढकालले बताए।  

 

प्रकाशित: १३ श्रावण २०७५ ११:०५ आइतबार

मृगौला तस्करीमा संलग्न जना पक्राउ