समाज

स्थानीय तहलाई चीन सरकारको एम्बुलेन्स उपहार

काठमाडाैं - चीन सरकारले तिब्बती सिमासँग जोडिएका ५ स्थानिय तहलाई एम्बुलेन्स उपहार दिएको छ। नेपाल चीन हिमालय मैत्री समाजले चिन सरकारको संस्था चाईना एड मार्फत उपलब्ध गराएका एम्बुलेन्स शनिबार राजधानीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र चीनिया राजदुत यु होङले स्थानिय तहका प्रमुखहरुलाई हस्तान्तरण गरे। 

मैत्री समाजले दोलखाको भीमेश्वर नगरपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका र लम्जुङको निमुवाटारी शहरी स्वास्थ्य केन्द्रका लागि ५ ओटा एम्बुलेन्स हस्तान्तरण गरेको हो। 

नेपाल चीन हिमालय मैत्री समाजले चिन सरकार मार्फत बर्षेनी देशका बिभिन्न स्वास्थ्य संस्था र स्थानिय तहलाई एम्बुलेन्स सहित शिक्षा, स्वास्थ्य लगायतका बिभिन्न विकास पूर्वाधारका कामहरुमा सहयोग गर्दै आएको समाजका अध्यक्ष एवं पूर्व मन्त्री आनन्द प्रसाद पोखरेलले जानकारी दिए। 

शनिबार सम्पन्न हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य, शिक्षा, बिद्युत, सिचाई लगायतका विकास पूर्वाधारमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गरे। उनले अस्पतालको पहुँचबाट टाढा रहेका जनतालाई एम्बुलेन्स महत्वपूर्ण साधन हुने बताए। चीनिया राजदुत होङले दुई देश विचको मित्रता सगैं नागरिक बिचको सम्बन्ध समेत प्रगाढ बन्दै गएको सुनाईन्। उनले पछिल्लो समय नेपालमा चीनिया पर्यटकको आगमन बढेको भन्दै त्यसले द्विदेशीय सम्बन्धलार्इ अझ प्रगाढ बनाएकाे बतार्इन।

 

प्रकाशित: १२ श्रावण २०७५ १२:५९ शनिबार

स्थानीय तहलाई चीन सरकारको एम्बुलेन्स उपहार