समाज

जंगली च्याउ खाँदा एकको मृत्यु

बाग्लुङ - जंगलबाट ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा तमानखोला गाउँपालिका २ भयरबुङ्गा बस्ने २८ वर्षीय मनोज श्रीसको मृत्यु भएको छ भने सोही गाँउपालिका ८ खोल्सेवान बस्ने ३९ वर्षीय लिलबहादुर पुन विरामी परेका छन्।

मुढाचौर लेखमा रहेको भैंसी गोठमा शुक्रबार जंगलबाट कपासे च्याउ भनि बिषालु च्याउ पोलेर खाँदा श्रीसको गोठमै मृत्यु भएको थियो। पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा लगिएको छ प्रहरीले जनाएको छ।

 

प्रकाशित: १२ श्रावण २०७५ ११:३४ शनिबार

जंगली च्याउ खाँदा एकको मृत्यु