रौतहट - रौतहटमा पानीमा डुबेर २ बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ का विरेन्द्र यादवका ६ बर्षीय छोरा रोशनकुमार यादव र धिरेन्द्र यादवका ४ बर्षीय छोरा कुन्दन कुमार यादव रहेका छन् । उनीहरूकाे गाँउ नजिकैको पोखरीमा डुवेर ज्यान गएको हो।
उनीहरुको घर भन्दा ३०० मिटर उत्तरमा रहेको पोखरीमा दिउँसो २ बजेको समयमा दुवै बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे हाे । प्रहरी निरीक्षक मनोज यादवले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको र मृतक दुवै बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको बताए।
प्रकाशित: ११ श्रावण २०७५ १५:५५ शुक्रबार