समाज

शताब्दीकै लामो खग्रास चन्द्रग्रहण अाज, के गर्न हुन्छ के गर्न हुँदैन ?

काठमाडाैं - आज (शुक्रबार) राती शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहणको असर राति ११ बजेर ८ मिनेटमा सुरु हुने भएपनि चन्द्रग्रहणको  प्रहर भने राति १२ बजेर ९ मिनेटमा सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यो चन्द्रग्रहण ३ घण्टा ५५ मिनेटको अर्थात  ग्रहण समापन विहान ४ बजेर ४ मिनेटमा हुनेछ। मध्यकाल भने रात्री २ बजेर ७ मिनेटमा हुनेछ, यतिबेला चन्द्रग्रहण उत्कर्षमा हुनेछ यो नै पूर्ण चन्द्रग्रहण हुनेछ। चन्द्रग्रहण सुरु भएपछि विस्तारै चन्द्रमाको रंग रातो हुँदै जाने र केही समयमा चन्द्रमा पुरै गायब हुनेछ। चन्द्रगहण नेपाल लगाएत विश्वका विभीन्न स्थानवाट अवलोकन गर्न सकिनेछ। 

के गर्न हुन्छ के गर्न हुँदैन ?
शास्त्रीय मान्यता अनुसार चन्द्रग्रहणको सुतक शुरु भइसकेपछि धार्मिक लगाएतका शुद्ध कार्य गर्न वर्जित गरिएको हुन्छ। यो समय शास्त्रीय दृष्टिकोणले अशुभ मानिन्छ। ग्रहणको सुतक शुक्रबार दिउँसो ३ बजेर ९ मिनेटदेखि सुरु भएर ग्रहण नसकिँदा सम्म रहने पञ्चाङ्ग निर्णयक समितिले जानकारी दिएको छ। ग्रहण लागेको समयमा बालबालीका, रोगी, बिरामी, र वृद्धवृद्धा वाहेकले भोजन गर्न नहुने , त्यस्तै सहवास, सुत्न, घरवाट वाहिर निस्कन नहुँने लगाएतका धार्मिक मान्यता रहेको छ। गर्भवती महिलाले समेत ग्रहण हेर्न नहुँने र विशेष सजगता अपनाउनु पर्ने शास्त्रीय मान्यता रहेको छ। ग्रहण सकिएपछि शुद्ध हुन नदी, कुण्ड तथा तलाउ लगाएतका ठाँउमा गई स्नान गर्ने दान गर्ने र पुजाअचर्ना समेत गर्ने गरिन्छ।

कुन राशिका लागि उपयुक्त ?
ज्योतिष शास्त्रका अनुसार यो चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मिन राशि भएकाहरुलाई मात्रै उपयुक्त रहेको छ भने अन्य राशिकालागि हानिकारक रहेको छ। 

 

प्रकाशित: ११ श्रावण २०७५ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App