समाज

बालक हत्याका ११ अभियुक्त कारागार चलान

रौतहट - जिल्ला अदालत रौतहटले बालक हत्याका ११ अभियुक्तलाई शुक्रबार कारागार चलान गरेको छ। बालकलाई अपहरण गरेर बन्धक बनाई हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले ११ अभियुक्तलाई पुर्पक्षकालागि कारागार चलान गरेको हाे।

जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरमार्फत थुनछेकको लागि अभियोग पत्रसहित पेश गरिएका प्रमाणहरुको आधारमा थुनछेकको बहस सकिएपछि जिल्ला न्यायाधिश दीपक दहालको एकल इजलासले ११ जनालाई पुर्पक्षमा राखेर मुद्दाको कार्वाही अगाडी बढाउने आदेश दिएको रौतहट जिल्ला अदालत गौरका उपसचिव एवं श्रेष्तेदार चिन्तामणि शर्माले बताए। 

रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया निवासी दिलीप साहका १२ वर्षीय छोरा युवराज कुमार साह गत जेठ २६ गते राती घरमा सुतिरहेको अवस्थामा अपहरणमा परेका थिए । उनको जेठ २८ गते बागमती नदीको किनारामा शव भेटिएको थियो। 

मृतक बालकका पिताले दिएको किटानी जाहेरीको आधारमा स्थानीय वडाध्यक्ष रामाज्ञा प्रसाद यादव, रामबालक यादव, भोला यादव, सुनील यादव, शक्ति कुमार यादव, वृन्दावन नगरपालिका ९ निवासी रवि पटेल, विनोद पटेल, तथा गरुडा नगरपालिका ५ निवासी २४ वर्षीय कृष्ण कुमार यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । पिडित पक्षको जाहेरीको आधारमा प्रहरीले १७ जना विरुद्ध कारवाही प्रक्रिया अगाडी बढाइएकोमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । घटनामा आरोपित प्रहरी जवान होसनारायण यादव सहित ५ जना अझै फरार रहेका छन्।

प्रकाशित: ११ श्रावण २०७५ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App