समाज

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

दार्चुला– दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको  मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको  पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

शैल्यशिखर नगरपालिका– ९ का मानबहादुर विकको घर पहिरोले पुरिँदा सोही नगरपालिकाको वडा नं. २, रौतेडाका २२ वर्षीय नरेश ओडको मृत्यु भएको हो। बुधबार बिहान करिब ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरेर सुतिरहेकै अवस्थामा ओडको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । ओडसँगै घरमा सुतिरहेका अन्य ४ जना घाइते भएको र भागेर ज्यान जोगाउन सफल भएका छन्।

प्रकाशित: ९ श्रावण २०७५ १५:२५ बुधबार

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु घाइते