समाज

भरतपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

चितवन – राजमार्गमा तीन पांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि आन्दोलन गर्दै आएका तीन पांग्रे सवारीसाधन चालक र प्रहरीबीच चितवनको भरतपुरमा झडप भएको छ।

आन्दोलनरत सवारीचालकले भरतपुरको केन्द्रिय बस टर्मिनल क्षेत्रमा मोटरसाइकल जलाएका छन्। घटनास्थल वरपर प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन्।

प्रहरी परिचालन गरेर स्थिती नियन्त्रणमा ल्याइसकिएको जिल्ला टाफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए। प्रहरी परिचालन गरेर आन्दोलनकारीलाई हटाइएको छ। राजमार्ग क्षेत्रमा तीन पांग्रे सवारीसाधन चलाउन साउन ७ गतेबाट रोक लगाइएको हो।

भरतपुर महानगरपालिकाले साउन ५ गतेबाट राजमार्गमा तीन पांग्रे सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको थिए। महानगरपालिकाको निर्णयको विरोधमा सवारीधनीहरु उच्च अदालत गएका थिए। उच्च अदालत पाटनको हेटौंडा इजलासले महानगरपालिकाको पक्षमा फैसला गरेपनि व्यवसायी र सवारीचालकले आन्दोलन गर्दै आएका छन्।

प्रकाशित: ९ श्रावण २०७५ ०८:४९ बुधबार

भरतपुरमा प्रहरी आन्दोलनकारीबीच झडप