समाज

सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तर

उद्दार सामग्री हस्तान्तरण गर्दे प्रजिअ सहितको टोली । तस्बिर : नागरिक

बर्दिया– जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकायलाई उद्दार सामग्री मंगलबार हस्तान्तरण गरेको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले विपद्को बेला अत्यावश्यक पर्ने सामग्री मंगलबार सुरक्षा निकायलाई हस्तान्तरण गरेको हुन्।

स्थानीय तहबाट प्राप्त आर्थिक सहयोग तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरव प्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्धारा, जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रलाई १५ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख रुपन ज्ञवालीले जानकारी दिए।

विपद्को बेला खोज तथा उद्धार कार्यमा संलग्न हुँदा सुरक्षाकर्मीलाई सामग्रीहरुको अभाव हुने गरेकोे थियो। 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७५ मा जिल्लामा रहेको सामग्रीहरुको पहिचान गरि विपद् प्रतिकार्य प्रभावित हुन नदिन स्थानीय तहसँग अनुरोध गरेर अत्यावश्यक खोज तथा उद्दार सामाग्री खरिद गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए। ‘जिल्लामा बाढीका कारण जोखिममा रहेकोले विपद्का बेला हुनसक्ने जनधनको क्षति न्युनिकरणका लागि सामग्री हस्तान्तरणले ठुलो सहयोग पुग्छ’, उनले भने, ‘बाढी पूर्व नै हामीहरु जेखिम न्यूनिकरणका लागि गरिएको प्रयास हो।’

यसअघि रबर वोट लगायत खोज तथा उद्दार कार्यमा आवश्यक पर्ने ९ लाख बराबरको सामग्री समेत स्थानीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७५ १२:०१ मंगलबार

सुरक्षा निकायलाई उद्दार सामग्री हस्तान्तर