समाज

मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति

हुम्ला – साउन करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले ५ लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ। 

गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सिमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई सो रकम क्षतिपूर्ति स्वरुप उपलब्ध गराएको हो। 

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा बसेको सर्वदलीय बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति रकम तथा परिवारको एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको हो। 

विद्युतको तार सट भई करेन्ट लाग्दा स्थानीयवासी कलदरी भण्डारी, धनपुरी बोहरा, देवकली बोहोरा र कर्णबहादुर बोहरा घाइते भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।  (रासस) 

प्रकाशित: ८ श्रावण २०७५ ०७:२८ मंगलबार

मृतकका परिवारलाई क्षतिपूर्ति