समाज

शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या

वीरगन्ज- शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ।

भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेटन पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए।

हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको पर्साका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले बताए। प्रहरीले प्रमेन्द्रलाई उनकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ।  रासस
 

 

प्रकाशित: ७ श्रावण २०७५ १२:०५ सोमबार

शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या