समाज

झगडा हुँदा बन्दुकले हानिदिन्छु भनेपछि...

काठमाडौं प्रहरीले राजधानीबाट एक जनालाई बन्दुक सहित पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षिय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो। 

पाईजा र धादिङ छत्रेदेउराली-९ घर भएकी ३५ वर्षीया महिला सँग झै-झगडा हुँदा पाईजाले आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिए पछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित: ६ श्रावण २०७५ ०८:३९ आइतबार

झगडा हुँदा बन्दुकले हानिदिन्छु भनेपछि...