समाज

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु

पाल्पा- पाल्पाको तिनाउँ गाउँपालिका–२, सिद्धबाबाको हेडबक्स नजिकबाट मोटरसाईकल र ट्रक ठोक्किएर तिनाउ खोलामा खसेका दुई जना र तानसेन नगरपालिका–८, डुम्रेचोकमा मोटरसाईकल र जीप जुध्दा एक गरि तीन जनाको मृत्यु भएको छ।

आइतबार बिहान ११ बजे लु २१ प ९६८० नम्बरको मोटरसाईकल ना ३ ख १००८ नम्बरको ट्रकसँग ठाक्किँदा तिनाउमा खसेका मोटरसाईकलमा सवार बाबुछोराको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा माथागढी–२, आँपटारीका ४० वर्षिय माधव कुमाल र सोही स्थानमा १९ वर्षिय उमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

शनिबार साँझ बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ च ४०८० नम्बरको जीप र तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १९ प ७०२१ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा तानसेन नगरपालिका–१४ रिडीका २२ वर्षिय कृष्ण पुनको मृत्यु भएको छ। दुर्घटना परि तानपा–१४ रिडीकै मोटरसाईकल चालक २९ वर्षिय विनोद थापा गम्भिर घाईते भएका छन्। घाईते थापाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ।

पुनको लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। तिनाउमा खसेका दुवैजनाको उद्दारको क्रममा रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७५ ०७:२६ आइतबार

मोटरसाईकल दुर्घटनामा बाबुछोरा सहित तीनको मृत्यु