समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमक – मोटरसाइकल दुर्घटनामा परेर शनिबार राति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ। 

गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो। न्यौपाने गौरादहका युवा व्यवसायी हुन्। 

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उनी सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८.३० बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।   (रासस)

प्रकाशित: ६ श्रावण २०७५ ०५:३० आइतबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु