समाज

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

काठमाडौं – विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ।

२० दिनदेखि हृदयघातका कारण बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत सिंहको आइतबार बिहान करिव ३ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ। उनको उपचारकै क्रममा निधन भएको हो।

सिंह नेपाली सेनाका पूर्वजर्नेल पनि हुन्। उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि आइतबार मध्यान्ह १२ बजे पशुपति, वनकालीको हंसमण्डपमा राखिने बताइएको छ।

सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। सिंहका तीन छोरा रहेका छन्।

प्रकाशित: ६ श्रावण २०७५ ०२:४९ आइतबार

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन