समाज

डा. केसीको समर्थनमा लहानमा प्रदर्शन

लहान - डा. गोबिन्द केसीको समर्थनमा सिरहाको लहानमा नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ । ठुलाे संख्यामा उपस्थित प्रदर्शनकारीकाे समुहले लहान नगर परिक्रमा गर्दै डा. केसीको पक्षमा नारा लगाएका थिए। डा. केसीका माग पूरा गर, मेडिकल माफिया मुर्दाबाद, प्रहरी दमन मुर्दाबाद लगायतका नारा लगाउँदै जुलुसले नगर परिक्रमा गरेको थियो।

नगरपरिक्रमापछि जुलुस सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका केन्द्रिय सह महामन्त्री परमेश्वर साहले डा. केसीको माग पुरा नभए राजमार्गमा चक्का जाम गरेर देश ठप्प पार्ने चेतावनी दिए। माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए।

प्रकाशित: ५ श्रावण २०७५ १०:१५ शनिबार

डा. केसीको समर्थनमा लहानमा प्रदर्शन