समाज

बागमती सफार्इ महाअभियानकाे २ सय ७१ साता पुग्याे

काठमाडाैं - बागमती सफाई महाअभियानको शनिबार २ सय ७१ साता पुरा भएको छ। २०७० साल जेष्ठ ५ गतेबाट शुरुवात भएको बागमती सफाई महाअभियान नेपाल सरकारका तत्कालिन मुख्यसचिब श्री लीलामणी पौड्याल लगाएतका अभियन्ताहरुको कृयाशीलतामा थालनी भई हालसम्म निरन्तर संचालनमा रहेको र करिब १५ हजार मेट्रिक टन फोहोर ब्यबस्थापन गरीसकिएको छ भने यो अभियानमा करिब १० लाख ब्यतिmको सहभागीता भैसकेको छ।

बागमती नदीको बैज्ञानिक किसिमले सफाई शुरुवात गरौं भन्ने अभियन्ताहरुको लामो समयदेखीको माग बमोजीम बिकास समितिका अध्यक्ष नरेन्द्र बहादुर बस्नेतको सक्रियतामा शनिबारदेखी स्काईभेटर र फोहोर ब्यबस्थापनको लागी २ वटा टयाक्टर लगाएतका औजार नेपाल सरकारले खरीद गरी औपचारीक रुपमा सञ्चालनमा ल्याईएको छ, यो सँगै फोहोर ब्यबस्थापनमा थप टेवा पुग्ने अभियन्ताहरुले बताएका छन्।

हरेक हप्ताको शनीबार राष्ट्रका नाममा २ घण्टा भन्ने अभियानको मुल नारा रहेको छ। यो अभियान हरेक शनीबार बिहान ७ बजे शुरु भै ९ बजेसम्म संचालन हुदै आएको छ

प्रकाशित: ५ श्रावण २०७५ ०९:२० शनिबार

बागमती सफार्इ महाअभियानकाे ७१ साता पुग्याे