समाज

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

अछाम - रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह वडामा गठन भएको समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो । वडा नम्बर ७ सुतारका १८ बर्षीय भिम भण्डारी र वडा नम्बर ३ शान्तडाका १७ वर्षीय नामसरा साउँदबीच हुन लागेको विवाह रोकिएको हो । ४ दिन अगाडि दुुबैले भागेर विहे गरेपछि क्लबमा जानकारी आउँदा वडासहित प्रहरी कार्यालयमा उजुरी गरेर ४ दिनपछि विहे रद्द गरिएको बाल संञ्जालका अध्यक्ष गायत्री भण्डारीले जानकारी दिइन।

 

प्रकाशित: ३ श्रावण २०७५ १३:५१ बिहीबार

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो