समाज

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन्, अस्पतालमा तनाब

काठमाडौं – कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २० दिनदेखी आमरण अनसनरत बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्।

अनसनले डा. केसीको स्वास्थ्य अवस्था अन्तयन्तै गम्भीर बनेको भन्दै उनलाई काठमाडौं त्याउन बिहीबार सरकारी टोली हेलिकप्टर लिएर जुम्ला पुगेका छन्।

जबरजस्ती केसीलाई काठमाडौं लान नपाइने भन्दै केसी पक्षीय चिकित्सक र समर्थकले अस्पताल अगाडि विरोध प्रदर्शन गर्दै सडकमा ढुंगा बिछ्याएका छन्। अहिले अस्पताल बाहिर तनाब भइरहेको छ। समर्थक र चिकित्सकले कुनैपनि हालतमा केसीलाई काठमाडौं लान नदिने बताएका छन्।

डा. केसीले आफु मर्न तयार हुने तर काठमाडौं नजाने अडान लिएका छन्। उनले आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं जान खोजेको आरोप समेत लगाएका छन्। केसीले आफ्ना माग पूरा गर्न सरकारी टोली कर्णालीमै आउनुपर्ने जिकिर गरेका छन्। यता प्रदेशका गृहमन्त्री नरेश भण्डारीले डा. केसीलार्ई अपहरण गरेर काठमाडौंलान नभई उनको जिवन रक्षाका लागि उपचार गर्न लान लागिएको बताएका छन्। 

प्रकाशित: ३ श्रावण २०७५ ०५:३७ बिहीबार

डा. गोबिन्द केसी काठमाडौं आउन मानेनन् अस्पतालमा तनाब