समाज

स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडाैं- स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले डिब्बाको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा निधन भएको जानकारी दिए। 

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना भने घाइते भएका छन्। डिब्बाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २ श्रावण २०७५ १५:५५ बुधबार

स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु घाइते