समाज

रसुवाका पीडितलाई थप ५० हजार रुपैयाँ प्रदान गरिने

रसुवा – रसुवाका दुई सय ७५ भूकम्पपीडितले थप ५० हजार सहयोग पाउने भएका छन्। जोखिमको वर्गमा परेका पीडितलाई आवास निर्माणका लागि थप रकम प्रदान गर्न लागिएको हो।

भूकम्पका कारण पूर्ण क्षति भएको आवास निर्माणका लागि एकल महिला, नाबालक, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग उपलब्ध गराउन लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले जानकारी दिएको छ।

लाभग्राहीको सूचीमा परेका पीडितलाई थप रकम प्रदान गर्नका लागि प्रक्रिया अघि बढाइएको शाखाका सभापति बाबुलाल तामाङले बताए । सूचीमा बृद्धबृद्धा एक सय ७५, ६५ वर्ष माथिका एकल महिला ८५, अपाङ्गता भएका १३ र नाबालक दुई जना रहेका छन्।

प्रकाशित: २ श्रावण २०७५ ०८:२४ बुधबार

रसुवाका पीडितलाई ५० रुपैयाँ प्रदान गरिने