समाज

गुट्खा उद्योगमा शंकास्पद वस्तु फेला

टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योग नजिकै शंकास्पद वस्तु भेटिएको छ। इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले शंकास्पद वस्तु प्रेसर कुकर बम भएको हुनसक्ने बताए। 

उनले प्रेसर कुकरसँगै तार र ब्याट्री समेत रहेकाले बम नै हुनसक्ने आशंका गरेका छन। नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ। उद्योगको बाहिर शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शंकास्पद वस्तु भेटिएको १५/२० मिटर टाढा घरहरू छन्। 

प्रकाशित: २ श्रावण २०७५ ०५:२२ बुधबार

गुट्खा उद्योगमा शंकास्पद वस्तु फेला