समाज

पश्चिममा वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ – निरन्तर वर्षाका कारण देशका पश्चिमी तथा सुदूरपश्चिमी क्षेत्रमा हल्कादेखि मध्यसम्म वर्षा हुने भएकाले बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

विभागको बाढी पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गर्दै ती क्षेत्रका नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो।

विशेष गरी महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी, बागमती, कमला र कोशी नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेपनि महाकाली नदीमा राति पछि सतर्कताको तह आसपास पुग्ने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको हो ।

आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि वर्षा हुने सम्भावना भएकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ।

प्रकाशित: १ श्रावण २०७५ ०२:३२ मंगलबार

पश्चिममा वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह