समाज

दुई लाख ८० हजारसहित एकाइ प्रमुख पक्राउ

कपिलवस्तु - शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली रु दुई लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट रु दुई लाख ८० हजार घुस लिँदालिँदै साेमबार अपराह्न कार्यालयबाटै पक्राउ गरिएको हो । के प्रयोजनका लागि उनले घुस लिएका थिए भन्ने खुल्न बाँकी रहेको र घटनाबारे मुचुल्का उठाउने काम भइरहेको आयोग बुटलका प्रशासकीय अधिकृत तुलाराम पौडेलले जानकारी दिए। रासस

प्रकाशित: ३२ असार २०७५ १४:२५ सोमबार

दुई ८० हजारसहित एकाइ प्रमुख पक्राउ