समाज

माइतीघरमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलाशले सोमबारको सुनुवाई पछि यस्तो आदेश जारी गरेको हो।

अन्तरिम आदेश दिने नदिने भन्ने सम्वन्धनमा छलफल गर्न निर्णय सहित सरकारलाई अदालतमा उपस्थित गराइएको थियो। सो रिटका पक्षमा वहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापा, वद्री बहादुर कार्की, हरिहर दाहाल, दिनेश त्रिपाठी र अधिवक्ताहरु अनन्तराज लुईटेल र इन्द्र अर्यालले समेत संविधानले सुनिश्चित गरेको भेला हुन पाउने अधिकारलाई सरकारको निर्णयले संकुचन गरेको दावी गर्दै अदालतको हस्तक्षेपको माग गरेका थिए।

सरकारले माइतीघर मण्डला, प्रधानमन्त्री, प्रधानन्यायाधीश निवास बालुवाटार, राष्ट्रपति निवास लगायतका महत्वपूर्ण ठाउँमा विरोध प्रदर्शन गर्न नपाउने आदेश गरेको थियो। पेप्सीकोला, सानागाउँ, स्वयम्भु लगायत सरकारको ध्यान नजाने ठाउँमा विरोध प्रदर्शन गर्ने स्थान तोकिएको थियो।  

प्रकाशित: ३२ असार २०७५ ११:४९ सोमबार

माइतीघरमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश