समाज

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध

फाइल फाेटाे

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण अवरुद्ध बनेको छ।

पासाङल्हामु राजमार्गको रसुवाखण्डस्थित मूलखर्कमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो। आइतबार राति परेको अविरल वर्षापछि आएको पहिरोको कारण अवरुद्ध भएको सडक खुलाउनका लागि बिहानैबाट दुई वटा स्काभेटरको प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारी साधन धुन्चे, कालिकास्थान, राम्चेलगायतका क्षेत्रमा रोकिएका छन्। रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडक सञ्चालनमा नआएका कारण यो सडक मात्रै सञ्चालनमा छ।

बेत्रावतीदेखि रसुवागढी नाकासम्म करिब एक दर्जन स्थान पहिरोको जोखिममा रहेका छन्। जिल्लाको राम्चे, मूलखर्क, खोप्पाङभीर, सानुभार्खु, फ्याङलुङ, रसुवागढीलगायतका क्षेत्रका सडक पहिरोको उच्च जोखिममा छन्।

प्रकाशित: ३२ असार २०७५ ०२:४७ सोमबार

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध