समाज

मृगौला पीडित कवितालाई आर्थिक सहयोग

संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका–६ की मृगौला पीडित कविता विश्वकर्मालाई आर्थिक सहयोग प्राप्त भएको छ।

दुबै मृगौला फेल भएकी विश्वकर्मालाई कविता विश्वकर्मा बचाउ अभियानले संकलन गरेको रकम प्रदान गरिएको हो। अभियानले एक लाख, ८ सय, ३५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको होे।

अभियानका अभियानता सुजन कार्कीले एक कार्यक्रमकाबीच सहयोग हस्तान्तरण गरे। हालसम्म विभिन्न निकायबाट दुई लाख सहयोग संकलन भएको कविताले बताइन्। मृगौला प्रत्यारोपण गर्नको लागि करिव २५ लाख रुपैयाँको आवश्यकता पर्ने पीडित कविताले बतााइन्।

प्रकाशित: ३० असार २०७५ १२:४१ शनिबार

मृगौला पीडित कवितालाई आर्थिक