समाज

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि...

काठमाडाैं- अविरल बर्षाका कारण आएको बाढीले बिहीबार भक्तपुर जलमग्न भयो। हनुमन्ते खोलाको भेलले यहाँका घरहरु डुबानमा परे। सर्वसाधारण घरभित्रै बन्धक जस्तै भए। सुरक्षाकर्मीले कपितयको उद्धार गरे। सडकपनि जलमग्न भयो। जताततै पानी मात्रै देखिन्थो। यहि डुबान क्षेत्रमा भेटिए– लुमनीदत्त पराजुली। 

विहान साढे सात बजे पानी पस्दा उनी घरभित्रै थिए। उनको घरमा आज आमाको श्राद्धको दिन थियो। खाना बनाउने, अचार बनाउने धमाधम तयारी थियो।  एक्कासी आपत आइलाग्यो। निकाल्ने, पकाउने कुरा केही भएन। सबैतिर पानी पस्यो। उनका ज्वाइले उनलाई र उनकी श्रीमतीलाई  बोेकेर माथिल्लो तलामा लगे। पानी यताबाट आउने बित्तिकै लौ के गर्ने भनेर सोच्दा सोच्दै सबै भित्र पसिहाल्यो। उनीहरुले बाहिर निस्कने मौका नै पाएनन्। उनलाई दुई जानाले बोकेर  छतमा लगे। खाना पनि माथि नै खाए उनले।  उनी भन्छन्– ‘यही जिउ मात्र बाँकी छ, अरु सबै पानीले डुबायो।’ 

यो लुमनीदत्त पराजुलीको मात्र हैन, डुबान क्षेत्रमा परेका सयौको साझा कथा हो। 

प्रकाशित: २८ असार २०७५ १४:३५ बिहीबार

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि...