समाज

गृहमन्त्रीको आदेशमा चिकित्सकमाथि भएको दुर्व्यवहार निन्दनीय छ : संघ

काठमाडाैं - नेपाल चिकित्सक संघले ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीमाथि गृहमन्त्रीको आदेशमा भएको दुर्व्यवहारप्रति भत्र्सना व्यक्त गरेको छ ।  बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै संघले चिकित्सा आचारसंहिता र तोकिएको नियम विपरित गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै डा. अधिकारीमाथि गृहमन्त्रीको आदेशमा भएको दुर्व्यवहारकाे भर्त्सना र निन्दा गरेको हो।

संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको अमानवीय व्यहार दुःख लाग्दो भएको उल्लेख छ । ‘लोकतान्त्रिक संघीय गणतन्त्रात्मक सरकारको गृहमन्त्रीकै निर्देशनमा भनी एक निरापराध चिकित्सकमाथि भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथि नै खिल्ली उठाएको छ’, विज्ञप्तीमा उल्लेख छ।

डा.अधिकारीमाथि भएको दुर्व्यवहारमा संलग्नलाई कार्वाहीको माग समेत संघले गरेको छ।

प्रकाशित: २८ असार २०७५ ११:५६ बिहीबार

गृहमन्त्रीको आदेशमा चिकित्सकमाथि भएको दुर्व्यवहार निन्दनीय संघ