समाज

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

नुवाकोट- नुवाकोटबाट सञ्चालित २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। विद्युत उत्पादन गृहको बसबारमा विद्युत गढबढ भएर आगो लागी भएको हो।

मङ्गलबार दिउँसो २ बजेको समयमा विद्युत उत्पादन गृहबाट उत्पादित विद्युतलाई टान्सफर्मरसम्म लैजान प्रयोग गरिएको तारमा आगलागी भएको गृहका प्रमुख तारादत्त भट्टले बताएका छन्। भट्टका अनुसार बसबार जलेर पूर्णरुपमा क्षती भएको छ।

“ आगो निभाउन फायर एक्सटिनगुईसर उपकरण र दमकल प्रयोग गरिए पनि आगलागीलाई समयमा नियन्त्रण लिन नसक्दा बसबार बाहेक अन्य स्थानमा पनि क्षती पुर्‍याएको छ,” भट्टले भने।

आगलागीबाट विसं २०२३ सालदेखि विद्युत सेवा प्रदान गर्दै आएको जलविद्युत केन्द्रमा आगलागी हुँदाविद्युत सेवा बन्द भएको छ। आगलागीबाट भएको क्षतीको विवरण कत्ति भन्ने एकिन नभएको प्रमुख भट्टले बताए।

प्रकाशित: २६ असार २०७५ ११:४४ मंगलबार

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी