समाज

खोलामा डुबेर रानाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका हात्तीबोझाका ५६ वर्षीय प्रसाद रानाको खोलामा डुबेर आइतबार मृत्यु भएको छ। 

घर नजिकैको सुतिया खोलामा माछा मार्ने क्रममा रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। खोलामा डुबेको केही घण्टापछि मात्रै रानाको शव फेला परेको उनले बताए। रानाको शव आफन्त जिम्मा लगाइएको छ।  (रासस)

प्रकाशित: २४ असार २०७५ १५:४२ आइतबार

खोलामा डुबेर रानाको मृत्यु