समाज

रुखले च्यापेर दाजु भाइको मृत्यु, १ घाईते

बाजुरा- रुखको हाँगाले च्यापिएर गौमुलमा २ दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–३ गर्जे बस्ने २१ वर्षिया भिम बहादुर बोहरा र २३ वर्षका धर्म बोहरा रहेका छन्। रुखले च्यापिएर सँगै सुतिरहेका खन्टे बोहरा घाइते भएका छन्।

गर्जेको रातीमाटा भन्ने स्थानमा पाल टाँगेर सुतिरहेको बेला रुख ढलेर उनीहरु च्यापिएका हुन्। बोहोरा दाजुभाइको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। काठ चिर्न गएको समयमा अस्थायी बासका लागि टाँगिएको पालमा मध्यरातमा रुख ढलेको थियो।

जीवन निर्वाहका लागि काठ चिर्ने पेशामा आवद्ध दाजुभाइ र आफन्तसँगै सुतिरहेको बेला उक्त दुर्घटना भएको स्थानीय तुलाबहादुर रोकायाले बताए।

घाइते खन्टे बोहरालाई उपचारका लागि मार्तडी स्थित जिल्ला अस्पतालमा ल्याईएको छ। अवस्था गम्भीर रहेपनि यातायात असुविधाका कारण बोकेर ल्याउनु परेको आफन्तले बताएका छन्।

प्रकाशित: २३ असार २०७५ १३:३४ शनिबार

रुखले च्यापेर दाजु भाइको मृत्यु घाईते