काठमाडौं– फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ।
यी हुन् वर्षका विजेता तस्बिर
दिपेन्द्र रोक्काको फोटो जसले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो।
अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते ।
अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो भएकाे छ।
नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो दाेस्राे भएकाे छ।
हेमन्त श्रेष्ठको फोटो नेचर एण्ड वाइल्डमा तेस्रो भयो।
#experienceNepal ‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता बन्याे।
अजय मानन्धरको फोटो #experienceNepal ‘कल्चर एण्ड टुरिजममा तेस्रो भयो।
डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो भयाे।
शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो भयाे।
सुरज श्रेष्ठको फोटो नेपाल स्माईलमा तेस्रो भयो।
प्रकाशित: २१ असार २०७५ १२:३१ बिहीबार