समाज

जुम्लाकै चिकित्सक मलाई बचाउछन : डा. केसी

जुम्ला - जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्यमन्त्रालयले पठाएको  चिकित्सकको टोलीबाट उपचार सेवा नलिने घोषणा गरेका छन्।

स्वास्थ्यमन्त्रालयले काठमाडाैंबाट जीवन थापा र डा. सुवास रेग्मीलाई उपचारकालागि खटाएको थियो। काठमाडौंवाट उपचारकालागि डा. केसीलाई भेट्न गएको टोलीलाई डा. केसीले काठमाडौं सरह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टोलीले आफुलाई उपचार सेवा दिईरहेको बताउदै भने "म यहाँका चिकित्सकप्रति विश्वस्त छु ।  तपाईहरु फर्किहाल्नुस ।  काठमाण्डौवाट आएका तपाईहरुवाट उपचार सेवा लिदैन।" 

डा. केसीले जीवनरक्षाकोलागि चिकित्सक पठाउनु भन्दा माग पुरा गरेको भए निकै राम्रो हुने वताए। उनले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहका लागि उठाएको मागको संवोधन नगरी, चिकित्सकको टोली पठाएर जीवनरक्षाको लागि चिन्ता गरे जस्तो गर्नु सरकारको गैरजिम्मेवारीपन भएको बताए। स्वास्थ्यमन्त्रालयले पठाएको टोलीवाट उपचार सेवा नलिने बताउँदै केसीले उपचारका नाममा जनताको पेट काटेर संकलन गरेको रकमको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लाका मेडिकल डाईरेक्टर डा. पुजन रोकायाले काठमाण्डौवाट आएको चिकित्सकको टोलीलाई फिर्ता हुन आग्रह गरेको वताए।

डा. गोविन्द केसीका लागि कर्णाली अस्पतालले डा. प्रविण गिरीको  नेतृत्वको तिन जनाको टोली खटाएको छ। कवर्डहलमा एक्कासी स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई चिकित्सको टोलीले उपचारका लागि कर्णाली अस्पतालमा लगेको थियो। उनको सघन उपचार कक्षमा राखेर उपचार भईरहेको छ।

प्रकाशित: २१ असार २०७५ ११:१८ बिहीबार

जुम्लाकै चिकित्सक मलाई बचाउछन डा. केसी