काठमाडौँ - धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।
बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुन्दरबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।
गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।
प्रकाशित: २१ असार २०७५ ०३:४८ बिहीबार