समाज

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ

संखुवासभा– संखुवासभाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीका प्रमुखसहित दुई जना यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा चौकीका प्रमुख सलबहादुर श्रेष्ठ र सोही स्वास्थ्य चौकीमा कार्यरत उदयकुमार शाह रहेका छन्। पीडित महिलाले आफूलाई दुई जना मिलेर यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खाँदबारीमा असार १० गते उजुरी दिएकी थिइन्।

उनीहरुलाई असार ११ गते पक्राउ गरिएको र हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले बताए। 

प्रकाशित: २० असार २०७५ १२:४९ बुधबार

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य प्रमुख पक्राउ