समाज

जुफाल विमानस्थल खुल्यो

डोल्पा– अविरल वर्षाले ४ दिनदेखि अवरुद्ध जुफाल विमानस्थल बुधबारदेखि सूचारु भएको छ।

बर्षाले मौसम प्रभावित भई अवरुद्ध रहेको नेपालगञ्जं–डोल्पा हवाईमार्ग घाम लागेर खुलेपछि जुफाल बिमानस्थल सूचारु भएको नागरिक उडड्यनको कार्यालयले जनाएको छ।

बुधबार समीट एयरले एउटा उडान गरेको छ। तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान् गरेनन्। समीट एयरलाइन्सले एउटा उडान गरेपनि बिमानस्थलमा यात्रुहरुको चाप रहेको छ। 

जुफाल बिमानस्थलमा तारा, समीट, नेपाल बायुसेवा निगम लगायत कम्पनीले उडान भर्दै आएका छन्।

प्रकाशित: २० असार २०७५ १२:२६ बुधबार

जुफाल विमानस्थल खुल्यो