समाज

बाढीले महुली पुलमा क्षति, सतर्क रहन प्रशासनको आग्रह

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खोलामा रहेको पुल क्षतिग्रस्त भएको छ। बुधबार बिहान महुली खोलामा आएको बाढीका कारण पुलको पश्चिमी छेउमा झण्डै ५० मिटर भाग कटानका कारणका कारण क्षतिग्रस्त बन्न पुगेको हो। पुलको बीच भागमा पनि चिरा परेको छ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पुलमा परिचालित गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले बताए। पुलमा आवागमन जारी रहेको भएपनि उच्च सतर्कता अपनाइएको प्रहरीले बताएको छ। अहिले पुलको दक्षिणतिरबाट एक तर्फिरुपमा सवारी पास गराइएको एसपी सिंहले बताए।

बिहान निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का सहितको टोलीले पनि पुलको निरीक्षण गर्दै सतकर्ता अपनाउन आग्रह गरको छ।

बाढीले महुली पुलमा क्षति सतर्क रहन प्रशासनको आग्रह