समाज

झगडा छुट्याउन जाँदा मृत्यु

धादिङ- बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा साेमबार मृत्यु भएको छ। 

स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। लठ्ठीले लागेर गम्भीर घाइते भएकी बालकुमारीको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। 

पुरिएको जीप निकालियो 

सडकमाथिबाट लेदोमाटाको पहिरो आएर बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा साेमबार अपराह्न पुरिएको जीप आधा घण्टामा निकालिएको छ। 

लु १ च २३४३ नंको जीप पहिराले पुरेपछि तत्काल नजिकै राजमार्गमा रहेको प्रहरी टोलीले पहिरोसमेत पन्छाएर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १८ असार २०७५ १५:५२ सोमबार

झगडा छुट्याउन जाँदा मृत्यु