समाज

बन्दुक सहित तीन पक्राउ

पक्राउ परेकालाइ सार्वजनिक गर्दै सल्यान प्रहरी।

नेपालगन्ज - भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय सल्यानले तीन जनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका–३, चिनाली बजारस्थित घरबाट चार नाल भरुवा बन्दुक र एक नाल ब्यारेलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कुमाख गाँउपालिका–३, का ५० वर्षीय शेरबहादुर पुन, सोही वडाका ५२ वर्षीय छबिलाल चलाउने र ४५ वर्षीय मनबहादुर रानालाई सुराकीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी नायब उपरीक्षक भरत बिकले जानकारी दिए। बिकका अनुसार बन्दुक खेतबारी र झाडीमा लुकाई राखेको अवस्थामा भेटिएको थियो।

पक्राउ परेकालाइ हातहतियार खरखजना ऐन २०१९ अन्तर्गत मुद्दा चलाइने प्रहरी नायब निरीक्षक बिकले बताए। समाजकाे शान्ति,सुव्यवस्थामा खलल पार्न सक्ने भएकोले सल्यान प्रहरीले यस्ता अवैध हातहतियार खरखजना नियन्त्रण गर्ने विशेष अभियान चलाएको उनले बताए।
 

प्रकाशित: १८ असार २०७५ १२:१० सोमबार

बन्दुक सहित पक्राउ