समाज

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ। देशका धेरै जसो स्थानमा हल्कादेखि मध्य वर्षा तथा पूर्वी भागका केही स्थानमा मध्यदेखि भारी बर्षा हुने सम्भावना रहेको बताउँदै त्यस क्षेत्रका बाढीको जोखिममा रहेका सर्वसाधारणलाई विभागले एक विज्ञप्ति जारी गर्दै  सतर्क रहन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले आज देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली लगायतका मुख्य नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले त्यस क्षेत्रका बासिन्दालार्इ समेत सतर्क रहन आग्रह गरेकाेछ।

पश्चिममा मोहना, बबई, पश्चिम राप्ति आसपासका साना नदीमा भारी वर्षाका कारण पानी खतराको तह आसपास हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। चुरे र महाभारतबाट बग्ने नदीमा पनि बाढीको उच्च सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाको आग्रह छ।

प्रकाशित: १८ असार २०७५ ०२:०४ सोमबार

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह