समाज

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

बर्दिया – प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ।

सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्। गुलरियाबाट तीन जना, राजापुर र बासगढीबाट ४/४ जना व्यवसायी पक्राउ परेका एसपी जनक भट्टराईले जानकारी दिए। अनुगमनका क्रममा उनीहरुले सुनमा मिसावट गरिएको पाइएको भट्टराइले बताए।

सुनको कालोबजारी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ असार २०७५ ०३:४० आइतबार

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ